+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

सबै पक्षलाई सहमतिमा ल्याएर सरकारले चुनाव गराउँछ : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्याले गैरदलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्णरुपले प्राथमिकता दिँदै चुनावबाटै अबको निकास दिन सरकार तत्पर रहेको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सबै पक्षसँग सहमति गरी चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढेको बताए।
  • उनले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित ५ सय ९५ जनालाई पक्राउ गरिएको र २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिए।
  • सरकारले हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइसकेको र फरार कैदी बन्दी पक्राउ गर्न विशेष अप्रेसनलाई उच्च प्राथमिकता दिएको उनले उल्लेख गरे।

११ मंसिर, काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढिसकेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ।’

गृहमन्त्री अर्याले गैरदलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्णरुपले प्राथमिकता दिँदै चुनावबाटै अबको निकास दिन सरकार तत्पर रहेको बताए।

औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति गरी नै राखेकोले अव आफू पनि गृहमन्त्रीको हैसियतले राजनीतिक दल, नव पुस्ता, र सबै पक्षसँग वार्ता र संवादबाट नै चुनावको वातावरण सुनिश्चित गर्ने तर्फ लागि पर्ने बताए।

धेरैभन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको हुनाले फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति नरहेको उनको भनाइ थियो।

उनले भने, ‘हिंसा हामी सबैका लागि वर्जित छ, यो हुनु हुन्थेन र अव पनि यो हुने कुरा हाम्रो सरकार सजक र संवेदनशील छ।’

लुटिएका हात हतियार के कति बाहिर हो भन्ने विषयमा यो सरकारको सुरक्षा प्रोटोकलभित्र गोप्य रहन्नु पर्ने भएकोले सङ्ख्या यति नै हो भन्न नमिल्ने उनले समितिका सदस्‍यहरूलाई जानकारी दिए। तर सरकारले हतियार र फरार कैदी वन्दी पक्राउ गर्न विशेष अप्रेसन र संयुक्त सुरक्षा गस्तीलाई देशै भर उच्च प्राथमिकता दिएको उनको दावी थियो।

उनले कुनै पनि आन्दोलन र सडक प्रदर्शनमा सरकारले गैर-घातक हतियारको प्रयोग लाई बढी प्राथमिकता दिएर हाम्रा सुरक्षाकर्मीलाई सोही अनुरूप परिचालनको नीतिगत व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कूल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ,’ उनले भने। मन्त्री अर्यालले हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?