+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ८:३४
सांकेतिक फोटो

१२ मंसिर, काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ ।

हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो ।

४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो ।

तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।

सूचनामा लेखिए अनुसार निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि म्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।

ठेक्का तोडिएकाले अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्देशनालयले जनाएको छ ।

साथै हालसम्म अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारख गर्न आजको मितिले १५ दिनभित्र उपस्थित हुन पनि भनिएको छ । यदि निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयबाट नापजाँच हुने सूचनामा उल्लेख छ ।

यसअघि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का पनि तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?