+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

‘महारानीको जात्रा’ हेर्न पुगे मदनकृष्ण र सन्दीप

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता मदनकृष्ण श्रेष्ठले 'परान' को व्यवसायिक सफलताले खुसी व्यक्त गर्नुभएको छ।
  • उहाँले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको 'महारानीको जात्रा' नाटक क्रिकेटर सन्दीप लामिछानेसँगै हेर्नुभएको छ।
  • क्रिकेटर लामिछानेले कलाकारको मिहेनतको उच्च सम्मान गर्ने बताउनुभयो र नाटक हेरेर खुसी लागेको उल्लेख गर्नुभयो।

काठमाडौं । ‘परान’ को व्यवसायिक सफलताले अभिनेता मदनकृष्ण श्रेष्ठलाई यतिबेला खुसी दिइरहेको छ । उनलाई कार्यक्रममा सहभागी हुन र अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।

यस्तोमा, उनले विहिबार बेलुका कान्तिपुर थिएटरमा मञ्चन भैरहेको नाटक ‘महारानीको जात्रा’ हेरे । क्रिकेटर सन्दीप लामिछानेसँगै बसेर उनले नाटक अवलोकन गरे ।

यो नाटक हेर्दा आफूलाई विगतको सम्झना आएको बताए । नाटक हेर्दा रमाइलो लागेको पनि उनले बताए ।

‘महारानीको जात्रा नाटक हेर्दा रमाइलो लाग्यो । धेरै भएको थियो नाटक नहेरेको । अहिले धेरै पछि नाटक हेर्ने मौका मिल्यो । ऊ बेलामा हामीले नाटक गरेको सम्झनाहरू पनि आयो’ उनले भने ।

क्रिकेटर लामिछानेले कलाकारको मिहेनतको उच्च सम्मान गर्ने बताए । ‘पहिलोपटक नाटक हेर्न पाउँदा निकै खुसी लाग्यो। कलाकारहरूको जीवन्त अभिनय, लामो समयसम्म प्रत्यक्ष अभिनय गरेको देख्दा साँच्चै नै रमाइलो लाग्यो’ उनले भने, ‘कलाकारकोे मिहिनेतको उच्च सम्मान गर्छु । धेरै समय भएको थियो, मलाई आउन मन लागिरहेको थियो । आज हेर्न पाउँदा खुसी लाग्यो ।’

कान्तिपुर थिएटरले २४ कात्तिकदेखि थालेको नाटकको मञ्चन २० मंसिरसम्म चल्नेछ । दीपल बराल निर्देशित नाटकमा उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?