प्रतीकात्मक तस्वीर
१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई क्याम्पस मार्फत अनलाइनबाट पढाउने भएको छ । त्रिविले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पढाउने विषय समावेश गरेको हो ।
उपकुलपति दीपक अर्यालका अनुसार प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पस मार्फत अनलाइनबाट पढाउन लागिएको हो ।
‘त्यस्ता विद्यार्थीको परीक्षा नेपाली दूतावासको सहकार्यमा भौतिक रूपमा लिइनेछ । यसरी अध्ययन पूरा गरी शैक्षिक उपाधि सहित स्वदेश फर्किँदा उनीहरूलाई आर्थिक र शैक्षिक गरी दोहोरो लाभ मिल्ने छ,’ उपकुलपति अर्यालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4