+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

भुवन केसी लाइफटाइम अवार्डबाट सम्मानित

५ भदौ, एटलान्टा ।नायक भुवन केसी अमेरिकामा लाइफटाइम अवार्डबाट सम्मानित भएका छन् ।

अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाले उनलार्इ नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै लाइफ टाइम अवार्डले सम्मान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते ९:३२

bhuwan-2

विजय थापा
५ भदौ, एटलान्टा ।नायक भुवन केसी अमेरिकामा लाइफटाइम अवार्डबाट सम्मानित भएका छन् ।

अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाले उनलार्इ नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै लाइफ टाइम अवार्डले सम्मान गरेको हो ।

सम्मानित गर्ने संस्था नासाको ईतिहासमा पहिलोपटक लाइफ टाइम अवार्डबाट सम्मानित हुने अवसर नायक केसीले पाएको नासाका पूर्व अध्यक्ष राजा घलेले बताए ।

अधक्ष्य डा. रामचन्द्र बराल तथा पूर्व अधक्ष्य राजा घलेले मन्तब्य राख्दै सम्मानित हुने नायक भुवन केसीलाई शुभकामना दिएका थिए ।

bhuwan-3

कार्यक्रममा नायक भुवन के।सीले स्थानीय कलाकारहरु सोमु राई, हेलेना नानु गुरुङ र बिनोद गुरुङहरुको साथ केहि गीतहरु, नाचहरु र अभिनय प्रस्तुत गरेर सबै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

सम्मान पाउने नायक भुवन केसीले अमेरिकाकै एउटा स्थापित संस्था नासाद्वारा पहिलो पटक आफु लाइफ टाइम अवार्डबाट सम्मानित हुन् पाउँदा गौरवान्वित भएको महसुस गरेको भन्दै संस्थालाई आभार ब्यक्त गरेका थिए किार्यक्रमको अन्त्यमा भुवन के।सी द्वारा निर्मित र आफ्नो प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘साथी म तिम्रो’ प्रदर्शन गरिएको थियो ।

छोराको बिबाहमा सहभागी हुन आएका भुवन केही समयदेखि अमेरिकामै बसिरहेका छन् । उनकी पहिली पत्नी बिजया पनि अमेरिकामै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?