+
+
WC Series
चितवन राइनोज 2025
70/6 (14.3)
VS
३३ बलमा ७२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

एनएमबी बैंकले अनलाइन पेमेन्ट गेटवेका लागि एनसीएचएलसँग गर्‍यो सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएमबी बैंकले नेपाल क्लियरिङ हाउससँग सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गर्ने भएको छ।
  • यस पेमेन्ट गेटवेको माध्यमबाट बैंकका अनलाइन मर्चेन्टहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिसा र मास्टरकार्डबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्।
  • पेमेन्ट गेटवेले थ्रीडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीलाई सुरक्षित बनाउने र अनाधिकृत कारोबारको जोखिम न्यूनीकरण गर्ने बैंकले बताएको छ।

१२ मंसिर, काठमाडौं । एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गर्ने भएको छ ।

पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्टजस्तै अनलाइन मर्चेन्ट पनि एक्वायर गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकबाट जारी गरिएको भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो ।

‘यस पेमेन्ट गेटवेले थ्रीडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ।’

अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था पूरा गर्नुपर्नेछ । त्यसपछि उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् ।

एनएमबी बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ईसीसी, आईपीएस, आरपीएस, नेपालपे, ब्यूआर, कनेक्ट आईपीएस, कर्पोरेटपे लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएकोमा अब ई–कमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो ।

एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोबार गर्न, होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?