News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले १५ भन्दा बढी वाम घटकले नेपाली कम्युनिस्ट पार्टी गठन गरेको बताए।
- प्रचण्डले एमालेतिर पनि ध्यान रहेको र सबै देशभक्त वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान गरे।
- उनले वाम एकता राष्ट्रको रक्षा र जनताको आवश्यकता पूरा गर्न आवश्यक रहेको उल्लेख गरे।
१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् ।
नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताए ।
१५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डको दाबी छ । देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टीलाई आशा र नयाँ भरोसाका साथ हेरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’
धनगढीको एकता सन्देश सभामा एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै प्रचण्डले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गरे ।
‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौं, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइराख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उनले भने ।
प्रतिक्रिया 4