+
+
WC Series
कर्णाली याक्स 2025
137/2 (17.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

पर्यटन बोर्डमा ‘फोटो नेपाल’ को १००औं संस्करण सुरु

फोटो नेपाल मार्फत बोर्डले नेपाल र विश्वभरिका कलाकार, फोटोग्राफर र दर्शकलाई दृश्य, कथा कथन र सांस्कृतिक अभिव्यक्तिबाट जोड्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले फोटो नेपाल अभियानको १००औं संस्करण भृकुटीमण्डपमा १२ देखि १४ मंसिर २०८२ मा आयोजना गर्ने बताएको छ।
  • फोटो नेपालमा ४५ भन्दा बढी नेपाली कलाकारसहित रुस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घनाका कलाकार सहभागी छन्।
  • फोटो नेपाल डिजिटल पोर्टलमा ११ हजारभन्दा बढी सदस्यका २५ हजारभन्दा बढी तस्वीरहरू अपलोड भइसकेका छन्।

१२ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ अभियानको १००औं संस्करण सुरु भएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डको दृश्य–संवाद अभियान फोटो नेपालको नयाँ संस्करण अन्तर्गत क्यानभासमा कलाकृति सिर्जना गरेर उद्घाटन गरे ।

फोटो नेपाल मार्फत बोर्डले नेपाल र विश्वभरिका कलाकार, फोटोग्राफर र दर्शकलाई दृश्य, कथा कथन र सांस्कृतिक अभिव्यक्तिबाट जोड्दै आएको छ ।

सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा बोर्डले १२ देखि १४ मंसिर २०८२ मा भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गर्दैछ ।

यस संस्करणमा ४५ भन्दा बढी नेपाली कलाकार सहित रुस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घाना लगायत अन्तर्राष्ट्रिय सहभागी समावेश छन् ।

उनीहरूको विविध कलाकृति नेपाली संस्कृति, प्राकृतिक दृश्य, आध्यात्मिकता, सहरी परिवर्तन र समसामयिकतामा आधारित छन् । यसले नेपाललाई कला पर्यटनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न थप योगदान पुर्‍याउने समेत जनाइएको छ । प्रदर्शनी दैनिक बिहान १०:३० देखि अपराह्न ४:३० बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।

बोर्डले एक डिजिटल फोटो पोर्टल फोटो नेपाल पनि सञ्चालन गरिरहेको छ । जहाँ नेपालका सुन्दरता र विविधतालाई प्रतिविम्बित गर्ने तस्वीर अपलोड र हेर्न सकिन्छ ।

हालसम्म यो प्ल्याटफर्ममा ११ हजारभन्दा बढी सदस्यका २५ हजारभन्दा बढी तस्वीर छन्, जसले नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, समुदाय र भावना सामूहिक रूपमा चित्रित गरेको छ ।

प्रसिद्ध स्विस भूवैज्ञानीक डा. टोनी हेगनको फोटोग्राफी प्रदर्शनीसँगै फेब्रुअरी २०१६ मा सुरु भएको फोटो नेपाल अभियानले नियमित प्रदर्शनी मार्फत नेपालका प्राकृतिक, सांस्कृतिक र मानव आयाम विश्वसामु प्रस्तुत गरेर निरन्तर आफ्नो अभियान जारी राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?