+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
१११ बलमा १५५ रन आवश्यक
विराटनगर किंग्स 2025
6/1 (1.3)
Shares

जेलेन्स्कीका प्रमुख सल्लाहाकार यरमकको अपार्टमेन्टमा छापामारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनको भ्रष्टाचार प्रतिरोधी निकायले राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहाकार एन्ड्री यरमकको निवासमा छापा मारेको छ।
  • यरमकमाथि १० करोड डलर भ्रष्टाचार आरोप लागेको छ तर जेलेन्स्कीमाथि कुनै आरोप छैन।
  • यरमकले रूसविरुद्ध युद्धमा महत्त्वपूर्ण भूमिका खेलेका छन् र अमेरिकासँग शान्ति वार्तामा प्रमुख वार्ताकार हुन्।

१२ मंसिर, काठमाडौं । युक्रेनको भ्रष्टाचार प्रतिरोधी निकायले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहाकार एन्ड्री यरमकको निवासमा छापा मारेको छ ।

भ्रष्टाचार प्रतिरोधी दुई संस्थाले जेलेन्स्कीका प्रमुख सल्लाहाकार यरमकको अपार्टमेन्टमा छापामारी गर्ने अनुमति प्राप्त गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

तर, जाँचसँग जोडिएका विषयमा भने विस्तृत जानकारी पछि दिने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो शीर्ष अधिकारीमाथि लगाइएको १० करोड डलर भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् ।

तर, जेलेन्स्की र उनका प्रमुख सल्लाहाकार यरमकमाथि यो अभियोग छैन ।

यरमकले रूसविरुद्धको युद्धमा महत्त्वपूर्ण भूमिका निभाएका छन् । अमेरिकासँगको शान्ति वार्तामा समेत यरमक युक्रेनका तर्फबाट प्रमुख वार्ताकार हुन् ।

यद्यपि भ्रष्टाचारसँग जोडिएको जाँचका बीच आलोचकहरूले यरमकको राजीनामा मागिरहेका छन् । उनको पद खतरामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?