‘ताण्डव’ सिनेमाबाट नेपाली रजतपटमा कलाकारको रुपमा उदाएका आशिष राना ‘लाहुरे’को परिचय भने अर्कै छ । उनी यूट्यूबमा हिट भएका र्यापर हुन् । तर, चलचित्रको अभिनयसँगै उनले आफ्नो परिचय फेर्ने सुर गरेका छन् ।अनलाइनखबरसँग कुरा गर्दै ‘लाहुरे’ले अब आफूले नयाँ एल्बमको तयारी गरेकाले चलचित्र नखेल्ने बताए ।
‘अर्को बर्षसम्म कुनै पनि सिनेमा खेल्दिन, म एल्बमको तयारीमा छु’, लाहुरेले भने । विश्वका कुनै पनि सिनेमा नहेर्ने स्वभावका यी गायकले ‘ताण्डव’मा कथा मन परेर मात्र खेलेको खुलाए ।
यदि यो सिनेमा चलेन भने तपाइँको र्यापर छवि पनि ओझेलमा पर्छ होला नि भन्ने प्रश्नमा उनले भने, ‘यदि त्यस्तो भयो भने म जिरोबाट नै सुरु गर्छु ।’ उनले नायिका नम्रता श्रेष्ठसँगको आफ्नो अफेयरको चर्चालाई हल्ला मात्र भनेका छन् ।
हेर्नुहोस लाहुरेसँगको कुराकानी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4