काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ अष्ट्रेलियाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई बोलाएर अन्तर्क्रिया गर्ने भएको छ ।
२ डिसेम्बरका दिन सिड्नीस्थित मेरील्यान्ड्समा अर्थ–राजनीतिक अन्तर्क्रिया गर्न लागिएको हो ।
अन्तर्क्रियामा उपसभापति स्वर्णिमलाई आमन्त्रण गरिएको प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलिया न्यु साउथ वेल्स कमिटीका सचिव सूर्य न्यौपानेले जानकारी दिए । अन्तर्क्रिया बेलुका ६ बजे देखि ९ बजेसम्म हुनेछ । ४ डिसेम्बरमा क्यानबेरामा अन्तर्क्रिया राखिएको छ ।
क्यानबेरास्थित अस्ट्रेलियन न्यासनल युनिभर्सिटीमा ३-५ डिसेम्बरसम्म हुने ’एड’ सम्मेलनमा विज्ञ वक्ताका रूपमा वाग्ले सहभागी हुने भएका छन् ।
उपसभापति स्वर्णिम अष्ट्रेलिया गएको बेला प्रवास नेपाली सम्पर्क विभाग (पर्थ) को पहिलो अधिवेशन ६ डिसेम्बरमा हुने गरी समय तय गरिएको उक्त संस्थाका अष्ट्रेलिय अध्यक्ष डा. कृष्ण पौडेलले जानकारी गराए ।
प्रतिक्रिया 4