News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई र प्रकाश सपुत स्टारर फिल्म 'मिरमिरे' को अन्तराष्ट्रिय वितरण अधिकार मध्यपूर्व र केही एसियाली मुलुकमा बिक्री भएको छ।
- निर्देशक यम शेर्पाले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको जानकारी दिनुभयो।
- फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ र देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।
काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ को अन्तराष्ट्रिय वितरण अधिकार बिक्री सुरु भएको छ । मध्यपूर्व र केही एसियाली मुलुकमा राइट विक्री भएको छ ।
युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी सबै देशको वितरण अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।
फिल्ममा सिर्जना निङलेखुको पनि शीर्ष अभिनय छ ।
यो फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिचरमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल पनि छन् ।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर छन् ।
कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
प्रतिक्रिया 4