+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई

५० हजार राशीको पुरस्कार पाउने पोखरेल गोरखापत्र संस्थानका पूर्वअध्यक्ष समेत हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिएको छ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे।
  • पोखरेलले ५० हजार राशीको पुरस्कार पाएका छन् र उनी गोरखापत्र संस्थानका पूर्वअध्यक्ष हुन्।

१२ मंसिर, काठमाडौं । यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे । संखुवासभा खाँदबारी–१ समाजसेवी दिवंगत रामबहादुर श्रेष्ठको सम्झनामा मनराम फाउण्डेससन र एसकाजले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।

५० हजार राशीको पुरस्कार पाउने पोखरेल गोरखापत्र संस्थानका पूर्वअध्यक्ष समेत हुन् । २०१२ सालमा खाँदबारी-९ तुम्लिङटारमा जन्मिएका पोखखेलले पञ्चायतकालदेखि पत्रकारिता गर्दै आएका पाका पत्रकार हुन् ।

एसकाजका अध्यक्ष शंकर खनालका अनुसार यस अघि यो पुरस्कारबाट संखुवासभाका नौजना पत्रकार पुरस्कृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?