१५ मंसिर, काठमाडौं । नेकपा एमालेले पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ ।
द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने भएपछि एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं,’ गुरुङले सामाजिक सन्जालमा लेखेका छन्, ‘र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’
तर, यसले आफ्नो कदम नरोक्ने चेतावनी उनले दिएका छन् । ‘किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4