News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाएको छ।
- स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत राखिएको छ।
- नीतिगत दर घटाएपछि राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर थप घटाउन दबाब पुग्नेछ।
१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ । यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ ।
राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुलाई ब्याजदर थप घटाउन दबाब पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4