News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार घिरौँला, बरेला र लौकाको भाउ क्रमशः १५, ५ र ६ रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- घिरौँलाको भाउ आइतबार प्रतिकिलो १ सय २५ रुपैयाँबाट सोमबार १ सय ४० रुपैयाँ पुगेको छ।
- बरेलाको भाउ ७५ रुपैयाँबाट ८० रुपैयाँ र लौकाको भाउ ७१ रुपैयाँबाट ७७ रुपैयाँमा वृद्धि भएको छ।
१५ मंसिर, काठमाडौं । स्थानीय बजारमा घिरौँला, बरेला र लौकाको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार यी तरकारीको भाउ बढेको देखिएको हो ।
आज आइतबार घिरौँलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो आइतबार किलोको १ सय २५ रुपैयाँमा किनबेच भएको घिरौँला आज सोमबार १ सय ४० मा किनबेच भइरहेको छ ।
यस्तै आज बरेलाको भाउ पनि किलोको ५ बढेर ८० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार ७५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी हिजो आइतबार लौका प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो । आज भने किलोको ७७ रुपैयाँ कायम छ । हिजो आइतबारको तुलनामा आज सोमबार लौकाको भाउ किलोमा ६ रुपैयाँ बढेको तथ्यांकमा देखिन्छ ।
प्रतिक्रिया 4