१५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीलाई कारबाही सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो । सशस्त्र हेडक्वाटर स्रोतले विभागीय कारबाहीका लागि सिफारिस भएको पुष्टि गर्यो ।
‘आफू मातहतको हातहतियार र कार्यालयको सुरक्षा गर्न नसकेको देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस भएको हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनी बानेश्वरको सुरक्षा बेस इन्चार्ज थिए । उनको कार्यालयमा रहेका १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ ।
अन्यत्र भने सशस्त्रको कतै क्षति नभएकाले अन्य केही कमान्डर पनि कारबाहीको सिफारिसमा परेका छैनन् ।
कारबाही सिफारिस भएका कुँवरलाई सशस्त्र प्रहरी नियमावली कारबाही हुने बताइए पनि कस्तो कारबाही हुने भन्ने केही खुलाइएको छैन ।
प्रतिक्रिया 4