+
+
Shares

राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानैपर्छ : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १५:४७

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले  संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनले एकता र पुनर्गठनको अभियानलाई  थप सुदृढ गर्दै अगाडि बढाउनु परेको बताए । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र राष्ट्रियतालाई सुदृढ गर्न एकता गरिएको बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि पार्टी एकता भएको बताउँदै उनले जेनजी विद्रोहको एजेन्डालाई सम्बोधन गर्न  सामाजिक न्याय आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?