+
+
Shares

देश गम्भीर संकटमा गुज्रिरहेको छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:०१

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल देश गम्भीर संकटमा गुज्रिरहेको बताएका छन् ।

विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै देशलाई निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताएका हुन् ।

उनले मार्क्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्त रहेको बताए । समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि एकता गरिएको बताए ।

उनले एमालेको शैलीले समाजवादसम्म नपुगिने बताए ।

आफ्नै कमजोर, विदेशी सड्यनत्रका कारण कम्युनिस्ट पार्टीहरु पटकपटक विभाजन भएको बताए ।

कृषि क्रान्तिका कार्यक्रम ल्याउने कम्युनिस्ट पार्टीले सत्तामा पुगेपछि एजेन्डा बिर्सिएको बताए । कम्युनिस्ट पार्टीले सुरुदेखि नै कृषि क्रान्तिको एजेन्डा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?