१५ मंसिर, काठमाडौं । स्वचालित हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी घर भएका २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भएका १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूबाट नेपाल पुलिस सिरियल नम्बर ५५००९९१६ उल्लेख भएको टाइप५४ पेस्तोल बराद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
पक्राउ परेका मध्ये रसिल जेनजी आन्दोलनको बेला लागु औषधसहित पक्राउ परेर प्रहरी वृत्त स्वइम्भूमा थिए । आन्दोलनको क्रममा उनी हिरासतबाट भागेका थिए । यो समूहले जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4