१५ मंसिर, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्वप्रमुख हुतराज थापालाई लगाइएको स्थानहद फुकुवा भएको छ ।
जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीमाथि लगाइएको स्थानहद फुकुवा गरेको हो ।
जेनजी आन्दोलनका बेला थापा राअवि प्रमुख थिए । उनलाई आयोगले बयान पनि लिएको थियो ।
उनीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई स्थानहद लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4