+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares
स्थलगत :

च्यासलमा चहलपहल, नयाँ नेतृत्वबारे चासो (भिडियो)

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कसको पक्षमा कुन नेता खुले ? पदाधिकारीमा ओली र पोखरेलको प्यानलमा कुन–कुन नेता अटाउलान् ?

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर १६ गते १९:३४

१६ मंसिर, काठमाडौं ।  नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै केन्द्रीय कार्यालय च्यासलमा चहलपहल बढेको छ । मंगलबार  दिउँसो च्यासल पुग्दा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कोही जिल्ला जिल्लाबाट महाधिवेशनको प्रतिनिधि छनोट भएर आइपुगेका थिए । नेताहरूले उनीहरूसँग अपडेट  लिइरहेका थिए ।

‘आफ्नो पक्षका प्रतनिधि परे कि परेनन् ?,’ छनोट भएर जिल्ला–जिल्लाबाट काठमाडौं फर्किएका प्रतिनिधिलाई नेताहरूले सोधिरहेका थिए । नेता-कार्यकर्ता कहाँबाट कति प्रतिनिधि निर्वाचित भए त्यसको हिसाब किताब गरिरहेका थिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कसको पक्षमा कुन नेता खुले ? पदाधिकारीमा ओली र पोखरेलको प्यानलमा कुन-कुन नेता अटाउलान् ? सहमतिबाट कि प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने भन्नेमा नेता–कार्यकर्ताको छलफलको मूल विषय बनेको देखिन्थो ।

एमालेमा महाधिवेशनको उत्साह बढेसँगै तयारी कसरी हुँदै छ त ? ‘देशभरबाट प्रतनिधि छनोट हुने क्रम अन्तिम चरणमा पुगेको छ । केही जिल्लामा प्रक्रियागत समस्या परेको छ । त्यो विषयमा संगठन विभागले अध्ययन गरिरहेको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘तर अधिकांश जिल्लामा प्रतिनिधि निर्वाचित भइसकेका छन् ।’

महाधिवेशनमा यति नै संख्यामा प्रतनिनिधि हुन्छन् भनेर टुंगो लगाको छैन । तर गौतमका अनुसार करिब २३ सय संख्यामा प्रनतिधि छनोट हुनेछन् ।

२७ मंसिरमा भक्तपुरमा हुने उद्घाटनसत्रको पनि तयारी भइरहेको छ । ‘महाधिवेशनको पूर्वसन्ध्यामा लोगो सार्वजनिक भइसकेको छ । भव्यरुपमा उद्घाटन गर्न मञ्च र जनपरिचालनको काम भइरहेको छ,’ उनले भने ।

एमालेको विधान महाधिवेशन भइसकेकाले अहिले नेतृत्व चयन नै मुख्य काम हो । नेतृत्वका लागि ओली र पोखरेलको प्रतिस्पर्धा हुने देखिन्छ । ‘पहिलो सहमतिको बिन्दु पहिल्याउने हो । सहमति भएन भने प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिन्छ,’ गौतमले भने, ‘सहमति नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुन्छ ।’

नेतृत्वको निरन्तरता, हस्तान्तरण र पुस्तान्तरणको विषयले च्यासल तातेको छ । ‘समृद्ध देश बनाउन केपी ओली नेतृत्वमा नेतृत्व निर्माण हुन्छ । निर्वाचित भएका प्रतिनधिले पनि त्यही भन्न थालेका छन्,’ पोलिटब्यूरो सदस्य रामेश्व फुयालले भने ।

तर युवा नेताहरूको मत भने फरक थियो । जसरी पनि नेतृत्व फरिने तर्क उनीहरूको छ । ‘राजनीतिमा बदलाब आएको छ । नेतृत्वको असक्षमतामाथि प्रश्न उठिरहेको छ । हस्तान्तरण र पुस्तान्तरण मेरो माग हो,’ केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले भनिन्, ‘नेतृत्व फेरिन्छ, फेर्नुपर्छ ।’

युवा नेता प्रकाश पौडेल महाधिवेशनले नयाँ पुस्तालाई सुनिश्चत गर्ने दाबी गर्छन् । ‘महाधिवेशन नयाँ पुस्ताको जागरण अभियान बन्छ । पार्टीलाई रिर्फम र कमि कमजोरलाई महसुस गरेर अगाडि बढ्छ । महाधिवेशनले  युवालाई सुनिश्त गर्छ,’ उनले भने, ‘युवा र सिनियरसँग सहकार्य गरेर अगाडि बढ्न यो महाधिवेशन कोसेढुंगा सावित हुन्छ ।’

नेताहरूले आ–आफ्नो दाबी गरेपनि नेतृत्वको छिनोफानो आगामी मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशनले गर्ने छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?