News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सात उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खननका लागि सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
- शक्ति मिनरल्स प्रालिलाई पाल्पा धनुषामा रहेको २१.४१ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
- रिद्धिसिद्धि सिमेन्ट, बाबा माइन्स, बिग प्लस मिनरल्स, केके लाइम्स र अन्नपूर्ण मिनरल्सलाई पनि विभिन्न स्थानमा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
१६ मंसिर, काठमाडौं । सरकारले विभिन्न उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
सरकारले शक्ति मिनरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
त्यस्तै विशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ ।
रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।
त्यस्तै बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खननका लागि मकवानपुर भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।
यस्तै बिग प्लस मिनरल्स प्रालिलाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।
त्यस्तै अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन गर्न मकवानपुर बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रतिक्रिया 4