+
+
Shares

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलको सेल्फ सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धी हासिल गरेको छ।
  • एनसेल एपमार्फत ग्राहकले प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर लगायतका सेवा लिन सक्नेछन्।
  • एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रम घोषणा गरेको छ।

१७ मंसिर, काठमाडौं । एनसेलको सेल्फ सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धी हासिल गरेको छ ।

यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।

एनसेल एपमार्फत् ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगइ सजिलै विभिन्न सेवा लिन सक्नेछन् ।

साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने लगायतका धेरै सेवा उपलब्ध भएकाले यो एप ग्राहकको रोजाइ बनेको छ।

एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको पनि घोषणा गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहक वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

‘एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहक हामीसँग जोडिएकोमा खुसी छौं, साथै सरकारको डिजिटल नेपाल भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रबर्द्धन गर्दै आएको छ’ एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपेरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने, ‘यो उपलब्धी केवल एउटा संख्या होइन, यसले ग्राहकप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ ।’

एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याक सहज रूपमा हेर्न र मनपर्ने प्याकको सूची बनाइराख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ ।

यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ ।

जसले लामो वा छोटो बसाइका बेलामा ग्राहकलाई रोमिङ्‌मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पुर्‍याएको छ । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?