१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक अहिले बसिरहेको छ ।
आजको बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि आफ्नो मन्तव्य राखिरहेका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका हुन् ।
उनले सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
अहिले सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित छन् ।
२४ कात्तिकको झिसमिसे बिहानीमा यादवले मुख्यमन्त्रीको शपथ खाएका थिए । त्यसबाट असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा १५ मंसिरमा परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया 4