+
+
WC Series
विराटनगर किंग्स 2025
128/6 (18.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ : कुलमान घिसिङ

‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १६:११

१७ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।

उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए ।

‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रुपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’

अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।

‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?