+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

सुनचाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ।

१८ मंसिर, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको चाँदी आज तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ ।

त्यस्तै सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?