१८ मंसिर, काठमाडौं । आय व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिवाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् ।
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् ।
यी दलहरूले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण बुझाएका छैनन् । यी दलहरूले समेत २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकाले आयोग के गर्ने भन्ने छलफलमा छ ।
अहिले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउने समय छ । आगामी माघसम्म गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउन पाइन्छ ।
तर, अघिल्लो आर्थिक वर्षको आय–व्यव विवरण नबुझाउने दलहरू पनि छन् । तिनलाई आयोगले जरिवाना तोकेको छ ।
जरिवाना रकम तोकेका दलहरू जरिवाना नबुझाइकन निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएर पुगेपछि आयोग के गर्ने भन्ने छलफलमा जुटेको हो ।
प्रतिक्रिया 4