+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
५४ बलमा १०० रन आवश्यक
चितवन राइनोज 2025
70/4 (10.6)
Shares

बागलुङमा जिप दुर्घटना, ८ जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

रासस रासस
२०८२ मंसिर १८ गते १९:०५

१८ मंसिर, बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।

घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा पठाइएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?