१९ मंसिर, जनकपुरधाम । महोत्तरीमा दाइँ गर्न तयार पारेर राखिएको १२ कठ्ठाको धानमा आगजनी भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाइदिएका हुन् ।
खडेरीको बेला पनि अत्यन्त मिहिनेत गरेर फलाएको धान दाइँ गरेर भित्राउने बेला आगजनी भएपछि यादव परिवार मर्माहत भएको छ ।
परिवारका सदस्यहरुले १२ कठ्ठा खेतमा फलेको धान काटेर दाइँ हाल्न ठिक्क पारेका थिए । ट्याक्टरवालाले आज दिउँसो दाइँ गरिदिने समय दिएको थियो ।
तर घरपरिवार बिहानै उठेर खेतमा जाँदा धान नै जलेर खरानी भएको अवस्थामा देखेको पीडित यादवले बताए ।
कसैले रिसिबीले आफ्नो धान जलाएर नष्ट गरेको हुनसक्ने पीडित यादवले बताए । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न उनले माग गरेका छन् ।
प्रतिक्रिया 4