+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चुनावको तयारीबारे सरकार र दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १०:१७

१९ मंसिर, काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ ।

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।

उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने आयोगले जनाएको छ । आयोगबाट सहभागी हुने आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न लागेका हुन् ।

निर्वाचन हुने सुनिश्चितताका लागि जस्तो वातावरण बन्नुपर्ने हो त्यस्तै वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने आयोगका अधिकारीहरू बताउँछन् ।

आयोगका एक अधिकारी भन्छन्, ‘एकातिर सरकार चुनाव गराउने भन्ने र अर्काेतिर राजनीतिक दलहरूले कम विश्वास गर्ने वातावरण बन्नु हुँदैन भन्नेमा आयोग प्रष्ट छ । लुटिएका हतियार बाहिरै रहेको विषयमा सरकारले प्रष्ट पार्ला । यस कुरालाई समेत सर्वपक्षीय बैठकमा महत्वका साथ राख्ने तयारी छ ।’

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा १३ वटा दलले भाग लिने तय भइसकेको छ ।

आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा भाग लिनका लागि भनेर ११७ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । उक्त निवेदनउपर आयोग अध्ययनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?