+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
36/3 (6.1)
Shares

प्रधानमन्त्रीसँग खगेन्द्र सुनारले भने- मेरो कारण खेप्नुपरेको आलोचनाप्रति क्षमा चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १६:२९

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेटेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताए ।

सुनारले यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै क्षमा याचना पनि गरे । साथै, यो उमेरमा आएर विषम परिस्थितिमा मुलुक सम्हाल्न आएकोमा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन् ।

समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि उनले सुझाव दिइन् ।

अहिलेको सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व के कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने प्रधानमन्त्री कार्कीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?