+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

कुलमान समर्थित दल र खगेन्द्र सुनारको पार्टीबीच सहमति, एउटै चुनाव चिह्न प्रयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति गरेका छन्।
  • उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन्।
  • दुवै दलले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सहमति र चुनाव चिह्न प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिन लागेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले बताए।

१० मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको हो ।

उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन् ।

बुधबार काठमाडौंमा भएको छलफलपछि दुई दलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाह चिह्न प्रयोग गर्नेबारे सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

दुई दलले आपसमा भएको सहमति र चुनावको प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिन लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?