+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
46/2 (8.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार कसले दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक समारोहमा शान्ति पुरस्कार प्रदान गरिएको छ।
  • फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले गाजा युद्धविराम प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने बताइसकेका छन्।
  • ट्रम्पले कयौं युद्धहरू रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आफूलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने इच्छा जाहेर गरेका छन्।

२० मंसिर, काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ ।

फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्पफिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ ।

इन्फेन्टिनोले यसअघि नै गाजा युद्धविरामको प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने बताइसकेका छन् ।

राष्ट्रपति ट्रम्प लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि इच्छा जाहेर गर्दै आएका छन् । कयौं युद्धहरू रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण आफूलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?