News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्कले पहिलो राष्ट्रिय ओपन स्केट म्याराथन प्रतियोगिता आयोजना गरेका छ ।
- महिलातर्फ निमिषा पाख्रिन र पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पाले प्रथम स्थान हासिल गरेका छन् ।
- प्रतियोगितामा २०० स्वदेशी र विदेशी खेलाडीले ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए र विजेतालाई नगद पुरस्कार र ट्रफी दिइएको छ ।
२० मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा भएको ओपन स्केट म्याराथन प्रतियोगिताको उपाधि निमिषा पाख्रिन र साम्देन ग्याल्बो शेर्पाले जितेका छन् ।
नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता शनिबार बिहान भएको हो । जसमा महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दोस्रो र सिवानी रेग्मी तेस्रो भए भने पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ दोस्रो र सफल थापा तेस्रो भएको प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी दिए ।
सुन्दरीजलदेखि गोर्कर्णस्थित द स्केटल्याण्ड स्केटपार्कसम्मको ५ किलोमिटर दुरीको प्रतियोगितामा पुरुष र महिला गरी २०० स्वदेशी तथा बिदेशी खेलाडी हरुले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खेलाइएको थियो ।
प्रतियोगिताले विजेताले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।
उक्त प्रतियोगिता विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, गोकर्णेश्वर नगर पालिकाका मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले पुरस्कृत गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले स्केटिङ खेल विधा अन्तर्गतका विभिन्न खेलहरु निरन्तर रुपमा आयोजना गरिरहेकोले स्केटिङ खेलले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जित्ने विश्वास व्यक्त गरे ।
यस्तै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजालले यस प्रकारका प्रतियोगिताहरु आयोजना गर्न नगरपालिकाले भविष्यमा सहयोग गर्ने बताए ।
यसैगरी नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले अब संघले स्केटिङ खेलको विकासका लागि प्रतियोगितात्मक र व्यावसायिक दुवै हिसाबले यस खेललाई देशैभरि प्रबर्दध गर्ने बताए ।
प्रतियोगितामा नेपालभित्र र विदेशबाट गरी सयौंको संख्यामा स्केटर/खेलाडीहरुले सहभागिता रहेको र यसले स्केटिङ खेलको विकासमा सहयोग पुग्ने संघका महासचिव सत्य थापाले जानकारी दिए ।
प्रतिक्रिया 4