+
+
WC Series
चितवन राइनोज 2025
121/6 (20)
VS
१०८ बलमा १०६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
16/0 (1.6)
Shares

धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते १७:२२

२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लाने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

अद्यावधिक हुँदै…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?