+
+
Shares

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले फोनपे पेमेन्ट सर्भिससँग साझेदारीमा पूर्ण डिजिटल 'सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ।
  • यो कार्डमार्फत ग्राहकले १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा भौतिक कार्ड बिना नै सम्पर्करहित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
  • ग्राहकले मोबाइल बैंकिङ एपबाट तुरुन्त आवेदन, कार्ड सक्रियता, सीमा व्यवस्थापन र क्यासब्याक सुविधा पाउने बैंकले जनाएको छ।

२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे पेमेन्ट सर्भिससँगको साझेदारीमा ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । यो पूर्ण डिजिटल क्रेडिट कार्ड रहेको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा उक्त कार्ड सार्वजनिक गरिएको हो ।

यस कार्डमार्फत ग्राहकले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

‘डिजिटल रूपमा सक्रिय ग्राहकको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘ग्राहकले बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।’

सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक अवसरमा ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

‘कुल क्यासब्याक अधिकतम ७५० रुपैयाँ सम्मको हुनेछ । जसले सदस्यता शुल्क समायोजन गर्नेछ’ बैंकले भनेको छ ‘यो अफर सीमित अवधिका लागि अर्थात् ७ डिसेम्बरदेखि ७ जनवरीसम्म मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?