+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

‘ऊनको स्विटर’ दक्षिण भारतमा पनि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'ऊनको स्विटर' २०८२ सालको अहिलेसम्म धेरै कमाउने तेस्रो नेपाली फिल्म हो।
  • यो फिल्म भारतका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ, जसमा मुम्बई, हैदराबाद, सिमला, धर्मशाला, सिलोङ र अरुणान्चल प्रदेशका सहरहरू समावेश छन्।
  • निर्देशक नवीन चौहानले यसले नेपाली फिल्मको नयाँ बजार र अन्तर्राष्ट्रिय उपस्थितिको ढोका खोलिदिएको बताए।

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको अहिलेसम्म धेरै कमाउने तेस्रो नेपाली फिल्म हो । यो फिल्म गतसातादेखि भारतमा रिलिज भएको छ ।

नेपाली भाषी बहुल पूर्वोत्तर भारतमा रिलिज भैसकेको यो फिल्म भारतका अन्य ठाउँमा समेत प्रदर्शनमा आउने भएको छ । १२ डिसेम्बरदेखि मुम्बई, हैदराबाद, हिमाञ्चलको सिमला, धर्मशाला, कुल्लु, अरुणान्चल प्रदेशका तेजू रनामसाई, मेघालयको सिलोङ तथा असामका अन्य सहरहरूमा पनि प्रदर्शन हुनेछ ।

निर्माता कम्पनी आर्टमाण्डूले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको छ ।

आसामको गुवाहाटी, पश्चिम बंगालको कोलकाता, उत्तराखण्डको देहरादून, राजधानी नयाँ दिल्ली, बैंगलोर र हैदरावादमा भने रिलिज भैसकेको छ । बैंंगलोरमा नेपाली भाषीको जनसंख्या न्यून रहे पनि त्यहाँका ४ प्रमुख हलमा भने फिल्मले राम्रो ब्यापार गरिरहेको निर्माताले जनाएका छन् ।

निर्देशक नवीन चौहानले गान्तोकबाट सुरु भएको यात्रा दक्षिण भारतसम्म पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । नेपाली भाषाबाहेकका दर्शकबाट समेत फिल्मप्रतिको रुचि बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसले नेपाली फिल्मको नयाँ बजार र अन्तर्राष्ट्रिय उपस्थितिको ढोका खोलिदिएको बताए ।

यो फिल्मलाई भारतमा एसली प्रोडक्सन र एवन राईको समूहले रिलिज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?