News Summary
Generated by OK AI. Editorially reviewed.- अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरी कपिलवस्तुमा ५१ सदस्यीय समिति गठन गरेको छ।
- अकरम पठानलाई अध्यक्ष, नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ललाई उपाध्यक्ष चयन गरिएको छ।
- पार्टी अध्यक्ष राईले भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने र महासचिव इश्तियाक राईले बृहत मोर्चा निर्माण गर्दै निर्वाचनमा जाने बताए।
२१ मंसिर, बुटवल । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ ।
कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ललाई चयन गरिएको छ ।
त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र, सचिवहरूमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरूमा राजीव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान लगायत ४२ जना चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अशोककुमार राईले मुलुक दलहरूबीचको भागबन्डाको राजनीतिले थिलोथिलो भएको बताए । अध्यक्ष राईले अब भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताए ।
पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले विचार तथा एजेन्डा मिल्ने पार्टीहरूसँग बृहत मोर्चा निर्माण गर्दै निर्वाचनमा जाने बताए ।
प्रतिक्रिया 4