+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रहेनन् अनुभवी बैंकर मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ।
  • मानन्धरले २१ औं वाणिज्य बैंक प्राइमलाई स्थापना गरी छोटो समयमा नयाँ उचाइमा पुर्‍याएका थिए।
  • उनले बैंकिङ क्षेत्रमा ५ दशक काम गर्दै कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्यमा उच्च व्यवस्थापनमा रहेर योगदान दिएका थिए।

२१ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको हो ।

२१ औं वाणिज्य बैंकका रुपमा स्वीकृति पाएको प्राइमलाई स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पुर्‍याएका मानन्धरले केही समय अध्यापन समेत गराएका थिए ।

धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका मानन्धर तत्कालीन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुख समेत भएका थिए ।

व्यापार व्यवसाय प्रबर्द्धनका लागि बैंकिङ स्रोतमा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका मानन्धरले काष्ठकला तथा मूर्तिकला क्षेत्रलाई समेत महत्त्व दिएका थिए । धितोभन्दा पनि सिपका आधारमा कर्जा दिई कालिगढलाई उद्यमी बनाउन उनको महत्त्वपूर्ण योगदान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?