+
+
Shares

जर्सिङ पौवामा रोमान्टिक विजय र वर्षा : यसरी हुँदैछ ‘मालती मंगले’ छायांकन

सोही गीतमा विजय र वर्षाले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा देखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मालती मंगले' को छायांकन काठमाडौंको जर्सिङ पौवा र इन्द्रावती नदी आसपासमा भइरहेको छ।
  • गीत 'ढुंगामाथि लेउ' मा विजय बराल र वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन् र रोशन बिकेले नृत्य निर्देशन गरिरहेका छन्।
  • फिल्म निर्माता रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय र पटकथा लेखक संयोग गुरागाईँ हुन्, जसमा मेक्सम गौडेलसहित थुप्रै कलाकारको अभिनय छ।

काठमाडौं । २०८२ सालको अन्त्यतिर प्रदर्शनमा आउने आशा गरिएको फिल्म ‘मालती मंगले’ को अहिले धमाधम छायांकन चलिरहेको छ ।

छायांकन हुन बाँकी दुई गीतमध्ये एक ‘ढुंगामाथि लेउ’ को छायांकन अहिले काठमाडौंको उत्तरी भेगमा पर्ने जर्सिङ पौवामा भैरहेको छ । प्राप्त तस्वीरमा कलाकार विजय बराल र वर्षा राउतले रोमान्टिक दृश्यमा छायांकन गरेको देख्न सकिन्छ ।

एसडी योगीको सङ्गीत रहेको गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् । शब्द हर्क साउदका हुन् । गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन् ।

सोही गीतमा विजय र वर्षाले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा देखिएका छन् । नृत्य निर्देशन रोशन बिकेले गरिरहेका छन् । अर्जुन तिवारीले दृश्य खिचिरहेका छन् ।

बाँकी छायांकन इन्द्रावती नदी आसपासमा हुनेछ । यो गीतपछि अर्को एक गीतको छायाङ्कन बाँकी छ, जसपछि सबै छायांकन हुने जनाइएको छ ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् ।

प्रकु पाण्डेय निर्देशक हुन् । पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । फिल्ममा मेक्सम गौडेलसहित सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?