News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट भीम बहादुर महरलाई पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- भीम बहादुर महरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
- पक्राउ परेका भीम बहादुर महर कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय व्यक्ति हुन्।
२२ मंसिर, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भीम बहादुर महर छन् ।
भीम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4