+
+
Shares

अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:०२

२२ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त मुद्दामा घिमिरेलाई सफाइ दिएको हो । इजलासले घिमिरेमाथिको आरोप स्थापित हुन नसक्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलनाको उजुरी दिएका थिए ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।

घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?