+
+
Shares

भेट्न जानेलाई देउवाले भने : अन्तिमपटक चुनाव लड्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:०४

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् ।

डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।

अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए । सभापतिलाई भेटेका ती नेताले भने,‘साथीहरुले तपाईं नै उठ्नुपर्‍यो भनेका छन् । म उठ्छु भन्नुभएको छ ।’

मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताए ।

कांग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ । निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ । कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुरामा चुनाव जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?