२३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आजदेखि प्लेअर चरणका खेल सुरु हुँदैछन् ।
आज पहिलो क्वालिफायर हुँदैछ । जसमा साविक उपवपजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।
पश्चिमको टिम सुदूरपश्चिमको कप्तानी अलराउण्डर दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने पूर्वको टिम विराटनगरको कप्तानी स्पीनर सन्दीप लामिछानेले गर्दैछन् ।
नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर माैसम ढकालले सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै पछिल्लो खेलमा सुदूरपश्चिमलाई हराउँदा विराटनगरको मनोबल बढेको बताए ।
‘आजको खेल रमाइलो हुने वाला छ म्याच । फाफ डु प्लेसीले स्कोर गर्नु हुन्छ हुँदैन थाहा छैन । तर हाम्रो नेपाली खेलाडीले पनि राम्रो गर्नुनुपर्छ’, उनले भने ।

यस्तै सुदूरपश्चिममा क्रिस लिन र जोश ब्राउन नहुँदा केही असर पर्ने ढकालको भनाइ छ । ‘उहाँहरुले कन्डिसन केही बुझिसक्नुभाथ्यो । नयाँ आउनुभएको खेलाडीलाई केही समय लाग्न सक्छ’, उनले भने ।
सुदूरपश्चिमको डोमेस्टिक खेलाडीले राम्रो गरिरहेको र आज विदेशी खेलाडीले राम्रो साथ दिनुपर्ने ढकालले बताए । टिम कम्बिनेसन महत्वपूर्ण हुने उनले बताए ।
सुदूरपश्चिमको ओपनिङमा विनोद भण्डारीलाई एक नयाँ विदेशी खेलाडीले साथ दिन सक्ने ढकालले बताए ।
सेकेण्ड इनिङ्समा चेज गर्न सजिलो हुने भएकोले टस भाइटल हुनेछ र कुनै टिमले टस जितेमा बलिङ नै रोज्नसक्ने उनको अनुमान छ ।
आजको खेलमा १७० रन बनाएमा विनिङ स्कोर हुन सक्ने ढकालले बताए ।

लिग चरणको हारले सुदूरपश्चिमलाई धेरै कुरा सिकाएको र विराटनगर पछिल्लो जितले उच्च लयमा आज खेल्न आउने ढकालले बताए ।
आज फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको टप अर्डरमा विदेशी अनुभवी खेलाडी भएकोले यदी उनीहरु नचले नेपाली खेलाडीले सम्हाल्नुपर्ने र त्यसमा कसरी खेल्छन् त्यो महत्वपूर्ण हुने ढकालले बताए ।
दुवै टिमका बप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको प्रदर्शन पनि महत्वपूर्ण हुने उनले बताए ।
ढकालले आजको खेलमा विराटनगरले जित्ने प्रेडिक्सन गरेका छन् ।
लिग चरणमा विराटनगरले सुदूरपश्चिममाथि सानदार जित हासिल गरेको थियो । त्यसको बदला लिँदै सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ला वा विराटनगर लय कायम राख्दै पहिलो पटक फाइनल पुग्ला ? पहिलो क्वालिफायर अघि माैसम ढकालसँग खेलको विभिन्न विषयमा गरिएको कुराकानी भिडियोमा :
प्रतिक्रिया 4