+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
148/6 (19.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले आचार्य लक्ष्मण पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको छ।
  • पन्थीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्र लिएका छन्।
  • पन्थी नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत छन् र विभिन्न ज्योतिषीय सङ्घसंस्थामा नेतृत्व तहमा काम गरिसकेका छन्।

२३ मंसिर, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिएका छन् ।

आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।

पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिवसमेत हुन् ।

नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुनेगरी आफूले कार्यसम्पादन गर्ने बताए ।

यसअघि पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्राडा नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?