+
+
Shares

हत्या भएको दुई महिनापछि अंशु गौतमको अन्त्येष्टि

हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव अस्पतालको शव गृहमा राखिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:२८
Listen News
0:00
0:30
🔊

२३ मंसिर, विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको २ महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ ।

हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

गत २३ असोजमा बेपत्ता भएकी अंशुको शव १८ दिनपछि जंगलमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव अस्पतालको शव गृहमा राखिएको थियो ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकीसमेत रहेका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेपछि मंगलबार चिसाङ खोलामा धार्मिक परम्परा अनुसार अंशुको अन्तिम संस्कार भएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले जानकारी दिइन् ।

पीडित परिवारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?