+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ७:४७

२४ मंसिर, बुटवल । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले बताए ।

यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ ।

यस्तै समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस भएको छ ।

यसैगरी राष्ट्रिय सभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको रुपन्देही २ का नेता विमलराज भट्टराईले जानकारी दिए ।

रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । २०७९ को चुनावमा भने पौडेलले रास्वपाका उम्मेदवारलाई १५ सय भन्दा कम मत अन्तरले मात्रै पछि पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?