+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

रासस रासस
२०८२ मंसिर २४ गते १५:०२
फाइल तस्वीर

२४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन् ।

प्रदेश योजना आयोगद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको जानकारी दिए ।

उनले भने, ‘नतिजा देखिने गरी कर्मचारीले कार्यसम्पादन गर्नुपर्छ । संघीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ । योजना छनोट प्रक्रियामा विज्ञताभन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोतसाधन छरिएको र प्रतिफल आउन नसकेको हो ।’

मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने जनाउँदै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?