News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले) का बासुदेव घिमिरेले ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
- घिमिरेले २०७४ मा तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएर विकासको मोडल बनाएका थिए।
- प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनले रुपन्देही–५ मा कांग्रेसका भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए।
२४ मंसिर,बुटवल । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
घिमिरे स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका नेता हुन् ।
घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि तिलोत्तमा नगरपालिकालाई ‘विकासको मोडल’ का रूपमा स्थापित गर्न सफल भएका थिए । उनले चलाएका अभियानले तिलोत्तमालाई मुलुकभर वातावरणमैत्री सुन्दर शहरको रूपमा चिनाउन सफल भएको छ ।
प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही–५ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।
प्रतिक्रिया 4